logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आँबुखैरेनी मार्किचोक स्थित मर्स्याङ्दी नदीको ड्याममा सेनाका हवल्दारको शव भेटियो


  • राजनीति
  • सोमबार, जेष्ठ २० २०७६

तनहुँ – आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित मर्स्याङ्दी नदीको ड्याममा सोमबार बिहान एउटा शव भेटिएको छ। उक्त शव गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका ईश्वर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अनुसन्धानको क्रममा कुमाल गोरखा ठिमुरेश्वारास्थित रणसिङ दल गणमा कार्यरत नेपाली सेनाका हवल्दार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। शवको पोष्टमार्टमका लागि दमौली अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तनहुँका न्यायाधीश उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा

तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायको शैक्षिक प्रमाणपत्रमा विवाद देखिए पछी न्याय परिषद्ले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार उनको शैक्षिक प्रमाणपत्र विवाद आएपछि आइतबार मुद्दा दायर गरिएको हो । तनहुँ जिल्ला अदालतका कार्यरत रहँदा शैक्षिक प्रमाणपत्र विवाद आएपछि परिषद्मा काजमा तानिएका थिए ।

rajneeti_news

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार