logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

संरक्षित पंक्षी गरुड सिकार गरेर मार्ने एक व्यक्ति प्रहरी खोरमा


  • राजनीति
  • सोमबार, जेष्ठ २० २०७६

विराटनगर – संरक्षित पंक्षी गरुड सिकार गरेर मार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थप कारबाहीका लागि वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-९ स्थित भेडुवाथानबाट गरुड (हाडखोर) मारेर ल्याउँदै गरेको अवस्थामा सुनसरी हरिनगरा गाउपालिका-७ घुस्की घर बताउने वर्ष अन्दाजी ३० को इबराहिन खानलाइ दुई थान मृत गरुड (हाडखोर) सहित फेला पारी पक्राउ गरिएको हो ।

गत जेठ १७ गते अन्दाजी १:३० बजेको समयमा मोरङ रंगेली नगरपालिका-६ मधुबनीबाट ती व्यक्ति पक्राउ परेका हुन् ।
थप आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाइएको र निजलाई डिभिजन वन कार्यालयबाट वन संरक्षण ऐन २०२९ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार