logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वडाअध्यक्ष दुई लाख ७५ हजार रुपैयाँ सहित घुस सहित पक्राउ


  • राजनीति
  • बुधबार, जेष्ठ २२ २०७६

पोखरा- मंगलबार एक वडाअध्यक्ष घुसहित पक्राउ परेका छन्। बारा गढिमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरै दुई लाख ७५ हजार रुपैयाँसहित घुसहित पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बरैलाई दुई लाख ७५ हजार रुपैयाँसहित कलैया उपमहानगरपालिका वडा नम्बर ७ को दुर्गा माध्यमिक विद्यालयबाट रंगेहात पक्राउ गरिएको हो।

अख्तियारका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्माउण्ड वाल निर्माणको उपभोक्ता समिति गठन गर्नुपहिले उनले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ। उनीमाथि अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार