राजनीति
Nepal Police at Boudhanath Kathmandu also known as little Tibet, Nepal
पोखरा- गस्तीमा रहेको प्रहरी टोलीमाथि वियरको बोतल प्रहार भएको छ। प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा दुई महिलासहित ४ जना पक्राउ परेका छन् ।
उदयपुरको कटारी नगरपालिका-६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्ने अन्यको नाम खुलाइएको छैन । उनीहरुले प्रहरीलाई भाटासमेत हानेका प्रहरीले जनाएको छ । घटनामा प्रहरी चौकी, रिस्कुबाट खटिएका ३ जना प्रहरी घाइते भएका छन् भने संलग्न एक जना फरार छन् ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार घाइते प्रहरीको कटारी अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान जारी छ ।

धादिङ- रीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले बताएका छन ।
स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीका एक अधिकारीका अनुसार उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।
गुण्डागर्दीमा संलग्न भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।
दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले हात काटिदिएका थिए ।चरीलाई ज्यान मार्ने उद्देश्यसहित राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।
यो घटनामा राधे पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले राधेलाई खोजी सूचीमा राखेको थियो । यद्यपि २०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी इन्काउन्टर’मा चरी मारिएका थिए ।