राजनीति
पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक डीएसपी नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो ।
दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् ।
उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।
यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो ।
दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् । उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।
यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।
।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक,भित्रको विभागीय जिम्मेवारी बाँडफाँटको विवाद नसुल्झिएपछि अनिश्चित बनेको छ।सचिवालयकै नेताहरूबीच कुरा नमिलेपछि आज (सोमबार) का लागि बैठक डाकिएको भएता पनि बैठक पछि धकेलिएको हो।
आइतबार करिब तीन घन्टा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफल टुंगोमा नपुगेपछि आज फेरि दुई अध्यक्षमात्रै आन्तरिक गृहकार्यमा छन्।पार्टी एकीकरणको घोषणाको एक वर्षसम्म पनि विभिन्न विभागमा नेतृत्व , केन्द्रीय कमिटीको कार्यविभाजन, शीर्ष नेताहरूको जिम्मेवारी, चयनलगायत विषय अलपत्र छन्।
नेकपामा सचिवालय सदस्यहरूबीच आर्थिक, संगठन, पार्टी स्कुल, प्रचारलगायत विभागको नेतृत्वमा कुन नेता राख्ने भन्ने विषयमा नै मतभेद छ। त्यही कारण पनि कार्यविभाजन टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतृत्वले मात्रै लिएको नेकपा स्रोतले बताएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको एजेन्डालगायत विषयमा आन्तरिक गृहकार्य नसकिएकाले सचिवालय बैठक धकेलिएको हो। उनले आज गृहकार्य सकिएपछि भोलि बस्ने बैठकमा कार्यविभाजनबारे छलफल हुने बताए।
संगठन विभागमा हानथाप
नेकपामा सचिवालय सदस्यहरूले अध्यक्षपछि अत्याधिक अर्थ र महत्व राख्ने संगठन विभागको प्रमुखमा आकांक्षा देखाएपछि निर्णय गर्न थप कठिन भएको छ।
संगठन विभागमा सचिवालय सदस्यहरूको हानाथाप स्रोतले बताएको छ। पूर्वमाओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा संगठन विभागको नेतृत्व चाहने एकल उम्मेद्वार हुन् भने पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र वामदेव गौतमले त्यसमा दाबी गरेका छन्।‘हुन त सचिवालय सदस्यहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि संगठन विभागको नेतृत्व आफ्नो पोल्टामा परोस् भन्ने चाहन्छन्,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीको झुकाव महासचिव पौडेलतिर छ।अर्का अध्यक्ष दाहालले गौतमलाई पनि सम्पूर्ण रूपमा जिम्मेवारीविहिन बनाउन नहुने तर्क गरेका छन्।विभिन्न विभागको नेतृत्व र केन्द्रीय कमिटीको कार्यविभाजनलगायत विषयमा छिट्टै नै निर्णयमा पुग्नेगरी छलफल चलिरहेको सचिवालय सदस्य ईश्वर पोखरेलले सेतोपाटीलाई बताए।
उनकाअनुसार विभागहरूमा नेताहरुको आ-आफ्नै खाले दाबी भएता पनि विवादै भने भएको छैन। विभागीय जिम्मेवारीलगायत कार्यविभाजन समेत हुन नसकेको नेकपाको केन्द्रीय कमिटीको बैठक नबसेको एक वर्षभन्दा धेरै भइसक्यो।
गत वर्ष जेठ ३ र ९ गते केन्द्रीय समितिको बैठक बसेपछि नेकपामा फेरि केन्द्रीय सदस्यहरू जुट्न सकेका छैनन। उसो त गत पुषमा बसेको स्थायी कमिटीको बैठकबाट पनि कुनै ठोस् निर्णय र निष्कर्ष निकाल्न सकेको थिएन।नेकपाभित्र अहिले दुई अध्यक्षकोमात्रै तजबिजमा पार्टी चलिरहेको गुनासो छ।