logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र हुदैँ


  • रासस
  • बिहिबार, जेष्ठ २३ २०७६

पोखरा- पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ ।

पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै कालोपत्रका लागि प्रक्रिया शुरु भएको छ ।

आरसिआइपीले लुङ्खु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सूचना आह्वान गरेको हो । उक्त सडक कालोपत्र गर्नका लागि गएको मङ्सिरमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको थियो । डिपीआर तयार भए पनि ठेक्का सम्झौता गर्न स्वीकृति नदिँदा अन्योल कायम थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार