logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पर्यटक आकर्षित गर्ने उद्देश्य सहित तनहुँको म्याग्दे पान्धारे बाराही मन्दिरमा पोखरी निर्माण


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

पोखरा -पर्यटक आकर्षित गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका–१ पान्धारे बाराही मन्दिरमा पोखरी निर्माण गरिएको छ । पौराणिक र धार्मिक महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयको रु चार लाख र डिभिजन वन कार्यालयको रु दुई लाख गरी रु छ लाखको लागतमा पोखरी निर्माण गरिएको हो । श्रेष्ठका अनुसार पोखरी निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेका थिए । एक सय ७५ फुट गोलाइ र ५।५ फुट उचाइ रहेको उक्त पोखरीमा बाराही मन्दिरको देवताका रुपमा रहेको मत्स्यकन्याको मूर्ति राखिनेछ । पोखरी निर्माण अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्नपछि यस ठाउँको महत्व अझै बढ्ने स्थानीयवासी सन्तकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि मन्दिर क्षेत्रमा तटबन्धसमेत निर्माण गरिएको छ । साँगे नदीले मन्दिर क्षेत्र कटान गर्न थालेपछि भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा तटबन्ध निर्माण सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। सदरमुकामबाट नजीकै रहेर पनि मन्दिर ओझेलमा परेपछि स्थानीयवासी यसको प्रचारप्रसारका लागिसमेत जुटेका छन् । उनले भने, “पाँचवटा धारा अविरल रुपमा बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्छ ।”

यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउता विजयी भएको र देउताले जनताको संरक्षण गरेको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार