केही दिन पहिले मात्रै नेपालमा शक्तिशाली भुकम्प आउँछ भन्दै हिड्ने ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई फेस रीडर बताउँदै आएका युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो बिचमा भुकम्पबारे नयाँ रहस्य खुल्न आएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशकका सोमनाथ सापकोटाका अनुसार नेपालमा फेरी पनि ठुलो भूकम्प जान सक्ने सम्भावना रहेको छ । भुगर्भविद्हरुले गरेको अध्ययनले पनि नेपाल उच्च भूकम्पीय जोखिम भएको देश हो । तिब्बतिय र भारतीय प्लेटको मिलन बिन्दु नेपाल रहेको हुनाले यो क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण छ ।
सयौ वर्ष देखि शक्ति संचय भएको हुनाले कुनै पनि समय भूकम्प जान सक्ने महानिर्देशक सापकोटा बताउछन । नेपालको काठमाडौं र पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि शक्तिशाली भुकम्प जानसक्ने भुगर्भविद्हरुको दावा रहेको छ ।
क्षेत्रीले महिना र दिन नै तोकेको हुँदा जनतामा त्रास देखिएको थियो । नेपाल भुकम्पको उच्च जोखिम भएको देश हो यसमा शंका गर्नुपर्ने ठाउँ छैन । हामीले भुकम्पसँग भाग्नु भन्दा पनि जोखिम कसरी न्युन गर्ने भन्ने बारेमा जानकारी लिनुपर्ने हुन्छ । भुकम्प प्रतिरोधी संरचना कसरी निर्माण गर्ने भन्ने जस्ता कुराहरुमा पनि हामीले ख्याल गर्नुपर्ने आजको आवश्यक्ता हो । उहाँसंग गरिएको कुराकनी हेर्नु यहाँ थिच्नुहोस्