राजनीति
नेवार समुदायले आज (शनिबार) काठमाडौं उपत्यकाका सिथी नखः पर्व मनाउँदै छन्।
जेष्ठ शुक्ल षष्ठीका हरेक वर्ष दिन यो पर्व मनाइन्छ।
यस वर्षमा पानीका मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, नदीनालाका साथै आफू बस्ने वरपर सरसफाइ गर्ने चलन छ।
यो पर्व लिच्छिवीकालदेखि नै मनाउने गरिएको विश्वास गरिन्छ। नेवार समुदायभित्र पनि हिन्दु तथा बौद्ध धर्मावलम्बीले सिथी नखः पर्वलाई साझा संस्कृतिका रूपमा मनाउने गर्छन्।
आजका दिनलाई भगवान् महादेवका जेष्ठ पुत्र कार्तिकेय कुमारको जन्म भएको दिनका रूपमा लिइन्छ। यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनका रूपमा पनि मनाउने गर्छन्।