पोखरा- लामो समयदेखि मौन रहेका प्राध्यापक डा। गोविन्द केसी सडकमा उत्रिएका छन्। सरकारका पछिल्ला गतिविधी लोकतन्त्र विराेधी भएको भन्दै उनी फेरी सडकमा उत्रेका हुन।
डा। केसी लगायत नागरिक समाजका प्रतिनिधीहरुले सरकारका पछिल्ला गतिविधिहरु प्रेस स्वतन्त्रता र लोकतन्त्रको विरुद्धमा भएको भन्दै शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै उक्त विधेयक फिर्ता गर्नको लागि उनीहरुले माग गरेका छन्।
‘लोकतन्त्रका लागि नागरिक खवरदारी’ नाम दिइएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्राध्यापक डा। गोविन्द केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओम प्रकाश अर्याल, विवेकशील नेपाली दलका उज्जल थापाल लगायतको सहभागिता रहेको थियो।
उनीहरुले नागरिक स्वतन्त्रताको सम्मान गर, सुशासनको प्रत्याभूति गर, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर, मानव अधिकार आयोगमाथिको हस्तक्षेप बन्द गर, न्यायालयको स्वतन्त्रता कायम गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
दुईतिहाइको सरकारले लोकतन्त्रलाई खुम्च्याइरहेको उनीहरुकाे आराेप छ।