logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाल्पामा विषालु जंगली च्याउ खाँदा दिदीबहिनी बालिकाको मृत्यु,आठ बिरामी


  • राजनिती न्युज डेस्क
  • आइतबार, जेष्ठ २६ २०७६

पाल्पा- पाल्पामा विषालु जंगली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका-३ झिरुवासको सार्कीडाँडाका ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरी छन्। उनीहरु दिदीबहिनी हुन्।

विषालु जंगली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेको पाल्पाका प्रहरी प्रमुख विश्वमणि पोखरेलका बताए ।

दुई जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एसपी पोखरेलले जानकारी दिए।

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, ७ वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी छन्।

उनीहरु चार परिवारका सदस्य हुन् । बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन्।

वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार