तनहुँ- तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका गाछेपानीमा केही दिन अघि मात्र ट्रिपरले साइकल यात्रीलाई ठक्कर दिएको दिन नबित्दै फेरी मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
अघिल्लो दिन ग१ख ७१७७ नम्बरको टिप्परले साइकललाई ठक्कर दिँदा साइकलमा सवार शुक्लागण्डकी नगरपालिका-४ दुलैगौडा बस्ने २१ वर्षीय कमल वि।क गम्भीर घाइते भएका थिए । घाइते वि।कको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।
यसैगरी सोही स्थानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उत्तमटोल बस्ने ५० वर्षीय होमबहादुर सापकोटाको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ ख ४०२९ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको ग २प२३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सापकोटा गम्भीर घाइते भएका थिए ।
सापकोटाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।