राजनीति
अज्ञात समुहले जाजरकोटको नलगाड नगरपालिका वडा नं १० काे वडा कार्यालय २७ गते राति तोडफोड गरेकाे छ । जाजरकोटको वडा न १० को वडा कार्यालयमाथि बिहीबार राति तोडफोड भएको स्थानियले बताएका हुन ।
राति करिब १२ बजेतिर ३/४ जनाकाे समुहमा आएका अज्ञात समूहले कार्यालयको ताला फोडेर तोडफोड गरी करिब ५ लाख बराबरको क्षति गरेको बताइएको छ ।
अज्ञात समूहले कार्यालय भित्रका सोफा,कुर्सि, कम्प्युटर, फोटोकपी मेसिन, सोलार, कुर्सी, दराज पूर्णरूपमा तोडफोड गर्नुका साथै कागजजात जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले पुष्टि गरेकाे छ ।
तोडफोडमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।