logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाेखराकाेे उत्तमचाेकमा गाेली चल्याे, यस्तो छ कारण


  • राजनीति
  • बुधबार, जेष्ठ २९ २०७६

पोखार । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन। र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार