logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाेखरा गोली काण्ड : यी रहेछन् प्रहरी माथी गाेली चलाउने ब्यक्ती


  • राजनीति
  • बुधबार, जेष्ठ २९ २०७६

पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा लागू प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान भएको छ । अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो ।

प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् ।

घाइते थापाको आक्रमणमा परि प्रहरी नायव उपरिक्षक सन्तोष सुवेदी सामान्य घाइते भएको प्रहरीको भनाई छ । घाइतेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेके बाँया खुट्टामा गोली लागेको प्रहरीको भनाई छ । निजको साथबाट डाइजापाम ५ सय, नुर्फिन ५ सय, फिनारगन ५ सय थान गरि १५ सय थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको घाइतेले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको निगरानीमा उपचारपछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रण गर्न सफल भएको हो ।

प्रहरी घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्की ले बताए।

पुरानै धन्दा

३० वर्षीय थापा पाँच वर्ष कतारमा पनि लागूऔषध मुद्दामा नै जेल जीवन बिताएर आएका ब्यक्ती हुन् । सन् २०१४ देखि सन् २०१८ सम्म लागूऔषध ओसारपसारको आरोपमा उनले कतारमा जेल जीवन बिताएका थिए । पछि नेपाल फर्किएपछी फेरी लागूऔषध कारोबारमा लागेका हुन् । कतारबाट फर्किएपछि पनि उनी फेरी त्यही काममा लागेको प्रहरीले सूचना पाएको थियो ।

महिला पनि पक्राउ

यस्तै गोली चलाएर थापा पक्राउ परेलगत्तै पोखराकै अमरसिंह चौर आसपासबाट अर्की महिला लागूऔषधसहित पक्राउ परेकी थिइन् । ३८ वर्षीय देवी कुमारी गुप्ताको साथबाट ९ सय थान लागूऔषध नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । उनको साथबाट ३०० थान डायजेपाम, ३०० थान नुर्फिन र ३०० थान फेनार्गन गरी ९ सय थान लागूऔषध बरामद गरिएको छ ।

उनका श्रीमान् उदय कुमार गुप्ता हाल लागूऔषध मुद्दामा कास्की कारागारमा छन् । कारागारबाट फोन गरेर लागूऔषध लिएर आउनेसँग सामान बुझी अन्यत्र पुर्याउन लगाएपछि उनि अमरसिंह चौर पुगेकी थिइन् । त्यही क्रममा उनी पक्राउ परेकी हुन्। दुवै घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार