logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आफ्नै दाईसँग मोटरसाईकलमा चढेर नारायणी नदी तर्दै गर्दा बहिनीले पुलबाटै हामफालेपछि…


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०७६

गैडाकोट । आफ्नो दाईसँग मोटरसाईकलमा चढेर नारायणी नदीको पुल तर्दै गरेको बेला जाम परेको मौका छोपी बहिनी नदीमा हामफालेकी छन् ।

शुक्रबार नवलपुर स्थित नारायणी नदीमा हाम फालेपछि बहिनी कविता सापकोटा बेपत्ता भएकी छन् । उनलाई अहिले स्थानीय प्रहरी, सशस्त्र प्रहरी साथै स्थानीयले खोजी गरिरहेका छन् ।

नपलपुर गैडाकोट २ स्थाई घर भएकी कविता सापकोटा नदीमा हामफालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैंडाकोटकाका प्रहरी सहायक निरिक्षक यज्ञ पौडेलले जानकारी दिएका छन् । कविता दाई हरि बस्यालको मोटरसाइकलमा चढेर नारायणी पुल पार गर्दै थिईन् ।

उनी नदीको बीचमै हामफालेको साथै नदी धेरै गहिरो भएकाले उनकाे खाेजीमा समस्या भएकाे प्रहरीले जनाएकाे छ । उनकाे खाेजीका लागि थप प्रहरी बाेलाइएकाे इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उनी किन नदीमा हामफालिन भन्नेबारे अनुृसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार