logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराको चिप्लेढुंगा चोकको सडकमा भासियो , किन भासिन्छ बेला बेला पोखराको जमिन ?


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०७६

पोखरा-  महानगरपालिकाकाे मुख्य बजारकाे बीच सडकनै भासिएको छ । शनिबार बिहान पोखरा–४ चिप्लेढुंगा चोकको बीच चाेक सडकमा भ्वाङ परि सडक भासिएको हो ।

सवारी आवतजावत गर्ने क्रममा सो सडक एक्कासी भासिए पछी मानिसहरु अतालिएका थिए। सडक माथि करिब आधा मिटर भ्वाङ परेकाे देखिएकाे छ ।

भित्र बढी भासिएको हुनसक्ने स्थानीयकाे अनुमान छ । लगातारको बर्षाका कारण सडकमा भ्वाङ परेको हुन सक्ने स्थानीयहरुले बताएका छन । यस भन्दा अगाडि पनि पोखराका बिभिन्न स्थानमा भ्वाङ पर्ने गरेको थियो ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको उनले बताए ।

अहिले उक्त सडकमा प्वाल परेको छेउबाट सवारी संचालन गरिएको छ । शुक्रबार यो क्षेत्रमा ८३ मिलिमिटर वर्षा भएको थियो ।

किन भासिन्छ बेला बेला पोखराको जमिन ?

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी पोखराका नदीपुर, नयाँबजार, न्युरोड क्षेत्र, लेकसाइड, छोरेपाटन, चाउथे, विन्ध्यावासिनी, हेम्जा, अर्मला, फुलबारीलगायत क्षेत्र कमजोर रहेको बताइएको छ । ती स्थानमा बेला–बेला जमिन भासिने गरेका छन् ।

पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् । भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ ।

विशेषगरी वर्षा लागेपछि जमिन भासिने गरेको छ । अघिल्ला वर्षको पछे यस वर्ष पोखरा आसपास जमिन भासिएको यो पहिलो घटना हो। ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार