राजनीति
काठमाडौंको वसन्तपुरमा गुठी विधेयकको विरोधमा विशाल जुलुस निकालिएको छ।
ज्यापू महागुठी नेपा:को आह्वानमा भएको जुलुस वसन्तपुर नगर परिक्रममा गरी पुन: वसन्तपुरमै पुगी कोण सभामा परिणत भएको थियो।
स्थानीयले गुठी विधेयकविरूद्ध विभिन्न प्लेकार्ड र मौलिक बाजागाजा बोकेर प्रदर्शन गरेका हुन्।
काठमाडौं उपत्यकाका स्थानीय यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै आन्दोलित भएका हुन्।
यसअघि काठमाडौंका गुठियारहरूसँगको छलफलपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका नाममा विज्ञप्ति सार्वजनिक गरिएको थियो। गुठियारहरूले भने मन्त्रालयको विज्ञप्तिलाई ‘भ्रमपूर्ण’ भन्दै आन्दोलन चर्काउने निर्णय गरेका छन्।
संसदीय समितिले भने गुठी विधेयकका सम्बन्धमा विज्ञहरूसँग सामूहिक छलफल गर्ने भएको छ।