राजनीति
पोखरा- कास्कीको रुपा गाउँपालिकामा भिरबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ। गाउँपालिकाको बिसौनि डाँडाको जंगलमा रहेको भिरको बाटो हिँड्ने क्रममा स्थानीय ऋषिराम सुवेदीको मृत्यु भएको प्रहरीले बताएको छ।
५६ वर्षीय सुवेदी भिरको ४ सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। घटनास्थलमा थप प्रहरी खटाई थप अनुसन्धान समेत भइरहेको उनले बताएका छन्।