राजनीति
पोखरा-लागू औषध दुव्र्यसनका बारेमा लमजुङका विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गरिएको छ ।
बेसीशहर नगरपालिकाको महिला तथा वालवालिका शाखाले नगरपालिका– २ स्थित बालकल्यण, मनकामना र कालिका मिलन माविका करिब ६० जना विद्यार्थीबीच सचेतना गराएको हो ।
बेसीशहर– २ कोलबाटो स्थित सेतो गुराँस बाल विकास केन्द्रको भवनमा सञ्चालन गरिएको सचेतना मूलक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त पाण्डेले दुव्र्यसन के हो, यसले कस्तो असर पार्छ र कसरी सावधानी अपनाउने सम्बन्धमा छात्रछात्रालाई जानकारी गराएका थिए ।
पछिल्लो समय खासगरी कतिपय युवा र विद्यार्थीमा लागू औषध दुव्र्यसनको सिकार भईरहेका बेला बेसीशहर नगरपालिकाले सचेतना मूलक कार्यक्रम गरी युवा र विद्यार्थीलाई असल बाटोमा डोराउने प्रयास गरेको नगरपालिकाले जनाएको छ ।
नगरका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले सो कार्यक्रमको उद्घाटन गर्दै समाजलाई सत्मार्गमा हिंडाउन लागु औषध दुव्र्यसन मुक्त बनाउनु पर्ने बताइन् । बेसीशहर नगरपालिका– २ का वडा अध्यक्ष गणेशबहादुर कंडेलको अध्यक्षमा भएका कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाकार कृष्ण के।सी, भकुण्डे टोल विकास संस्थाका अध्यक्ष पूर्ण देउँजा, बेसीशहर हस्पिटलका अध्यक्ष गमानसिङ कंडेल, वडा सदस्य सरास्वती धिताल, निर्मला सुनार लगायतको सहभागी थिए । कार्यक्रमको सञ्चालन महिला तथा बालवालिका शाखा प्रमुख मैया कुमालले गरेकी थिइन् ।