logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अभिभावको उपचारमा हेलचेक्र्याई, विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु


  • राजनीति
  • सोमबार, असार २ २०७६

विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।

आइतबार साँझ सर्लाहीको ईश्वरपुर–१२ घारीबथानमा स्थानीय सञ्जय दास कथबनियाँकी छोरी चार वर्षीया लक्ष्मी दास कथवनियाँको सर्पको टोकाईबाट मृत्यु भएको हो।स्थानीयका अनुसार बालिकाले दिउँसो चार वजेतिरै आफूलाई सर्पले टोकेको अभिभावकलाई बताएकी थिइन्।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा अभिभावकले ढिलो गरी लगेकाले बालिकाको मृत्यु भएको हो।

तर, अभिभावले बालिकाले भनेको ठाउँमा गएर हेर्दा सर्प नदेखेपछि उपचारमा हेलचेक्र्याई गरेका थिए।

पछि बालिकाको अबस्था गम्भीर हुँदै गएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै उनको मृत्यु भएको हो।

गर्मी बढे सँगै तराईका जिल्लामा सर्पदंशका बिरामी वढ्दै गएका छन्।

विषालु सर्पले टोकेका विरामीलाई तुरुन्तै अस्पताल नलगी झारझुकमा लाग्दा धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार