राजनीति
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा शव फेला परेको छ । सोमबार उक्त ठाउँमा अन्दाजी ३५ बर्षिय एक जना पुरुषको शव फेला परेको हो ।
स्थानीयहरुले शव फेला परेको सूचना दिएपछि घटना स्थलमा पुगेको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । हालसम्म मृतकको परिचय खुल्न सकेको छैन् ।