logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आफ्नै श्रीमतीको कैँचीले खोपेर हत्या


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- कैँचीले खोपेर आफ्नै श्रीमतीको हत्या गरेका छन ।

दिपायल सिलगढी नगरपालिका -३ मा माझि टोल बस्ने ४८ वर्षीया कृष्ण नेपालीले आफ्नै ३५ बर्षीया श्रीमती मिना नेपालीलाई कैँचीले खोपेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक विद्यानन्द माझिले बताए ।

सोमबार राति कपडा काट्ने कैंचीले श्रीमती मिनाको बायाँ कोख, घाँटी पछाडीको भाग र ढाडमा प्रहार गरी नेपालीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक लाल बहादुर धामिले जानकारी दिए ।

कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल सिलगढीमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार