logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सरकार आखिर झुक्यो,फिर्ता लिए गुठी विधेयक


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- सरकारले गुठी विधेयक फिर्ता लिएको छ।

भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ।

यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो। प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलनबाट गुठी विधेयकबारे बोल्ने अपेक्षा गरिएको भए पनि निर्धारित पत्रकार सम्मेलनभन्दा एक घन्टाअघि नै भूमिसुधारमन्त्री अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार