logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अस्पतालमा झुन्डिएकी तामाङको गोजिमा ३ जनाको नाम


  • राजनीति
  • बुधबार, असार ४ २०७६

बौद्धस्थित समता अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विमला तामाङको झुन्डिएको अवस्थामा शव फेला परेको घटनाले अर्कोरुप लिएको छ ।

अस्पताल दिनभर तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षा दिएको छ ।
रामेछाप, दोरम्बाकी तामाङको गोजीमा अस्पतालकी सञ्चालक कला सञ्जेलसहित ३ कर्मचारीको नाम उल्लेख गरिएको कागजको टुक्रा फेला परेको छ ।

सोही आधारमा प्रहरीले सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले बताए । आफन्तले हत्याको आरोप लगाउँदै मंगलबार अस्पतालमा ढुंगामुढा गरे ।

तामाङ दुई महिनादेखि सहयोगीका रुपमा कार्यरत थिइन् । पक्राउ परेका ३ जनालाई गौशाला प्रहरी वृत्तमा राखिएको छ । घटनाको तिब्ररुपमा अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार