logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुन तस्करलाई जनक होटेलमा खाने-बस्ने देखी भाडाको व्यवस्था !


  • पत्रपत्रिका
  • बुधबार, असार ४ २०७६

सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन ।

तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन्।

वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकमा दीपक अधिकारीले लेखेका छन्।

त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् ।

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पुर्याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने प्रस्ताव उनीहरूले गर्ने गरेका छन् ।

चितवन घर बताउने विश्वास लामा, सिर्जन थापा मगर र सिरहा घर बताउने (नाम नखुलेका) व्यक्तिले त्यस्तो प्रस्ताव गरेका थिए ।

विमानस्थलभित्रै करिब आधा दर्जन संख्यामा तस्करहरू परिचालित थिए । बोर्डिङ पास बनाउन लाइन बस्न जान लागेकालाई बोलाएर पालैपालो डिल गरिरहेको देखिन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार