logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा ! दुई पक्राउ


  • राजनीति
  • बुधबार, असार ४ २०७६

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मालपोत कार्यालय कलंकीको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं परिसरले जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन। पक्राउ परेका दुबैलाई कालिमाटी वृत्तमा राखिएको छ।

मालपोत कार्यालयको ‘स्मार्ट सेवा’सहितको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली बुधबार ११ बजे त्यहाँ पुगेका थिए। स्मार्ट मालपोतको अवधारणा अन्तर्गत नेपालमै पहिलोपटक कलंकीमा कार्यालय बनाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार