राजनीति
पोखरा- जनकपुरधामको एक होटलमा ९ वटा सिलिण्डर विस्फोट भएको छ। हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।बिहिबार बिहान साढे ३ बजेतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोक स्थित गाेविन्द मिष्टान्न भन्डारमा बिजुली सर्ट भई आगलागी हुँदा नजिकै रहेको ९ वटा ग्यास पड्किन पुगेको थियो ।
गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ ।
विस्फोटपछि भएको आगलगी बट ३० लाखभन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो ।घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन।जनकपुर र महेन्द्रनगरबाट गएका दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिइएको थियो। समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
विष्फोटमा मानवीय क्षति भने भएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका हुन्।