राजनीति
पोखरा- बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता एव् ४ का वडाध्यक्ष समेत रहेका गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले भट्टको बिहीबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए।
वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा बुधबार वडा नम्बर ४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए।
दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर लगिएको थियो। कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू) राखेर उपचार गर्दै गर्दा भट्टको बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।