logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

त्रिवि बिज्ञान संकायका सहायक डिन प्राडा पटेल घुससहित पक्राउ


  • राजनीति
  • बिहिबार, असार ५ २०७६

पोखरा – त्रिभुवन विश्वविद्यालय बिज्ञान संकायका सहायक डिन प्रा।डा। शम्भु प्रसाद पटेल घुससहित पक्राउ परेका छन्।

पटेलले कलेजको सम्बन्धन नवीकरण गराईदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले डा। पटेललाई घुस रकमसहित किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार