logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको १० घण्टा सकुशल उद्धार


  • राजनीति
  • शुक्रबार, असार ६ २०७६

पोखरा- निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरको १० घण्टा सकुशल उद्धार भएको छ।

बिहीबार राती साँढे ८ बजे सुरुङको प्रवेश मार्गमा सुख्खा पहिरो खस्दा ११ नेपाली र ६ चिनियाँ गरी १७ जना कामदार थुनिएका थिए।

उनीहरु सबैलाई आज बिहान साढे सात बजेसम्ममा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिए।

उद्धार गरिएका मजदुरमा बैतडीका जनकबहादुर राना र रतनसिंह प्रजा, सल्यानका गोविन्द पुन, लमजुङका टेकबहादुर थापा, धादिङका कुशल श्रेष्ठ, रुकुमका अर्जुनबहादुर रोक्का र निमासेडर लामा, बर्दियाका दानबहादुर ओली, सुर्खेतका कर्णबहादुर घर्ती, रुद्रबहादुर ठाडा मगर र टेकबहादुर दर्लामी छन्।

त्यसैगरी चिनियाँ नागरिक जि हङ, वाङ चिङ, हङ हु जिङ, जिउ जिओ, हङलङ नुङ र झन ल्याङको पनि उद्धार भएको छ।

नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नजिकै एक सय ११ मेगावाटको जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार