राजनीति
बर्दिबास -महोत्तरीमा करेन्ट लागेर एक तेल ट्याङ्करका सहचालक धनुषा जनकपुर उ।म।न।पा।८ घर भएका उमेश यादवको मृत्यू भएको छ ।
बिहिबार राती मनराशिश्वा न।पा–८ स्थित भित्रि सडक खण्डमा सरपल्लोबाट मनरातर्फ जाँदै गरेको तेल लोड भएको ना ७ ख ११९५ नं ।को तेल ट्याङ्करले सडकको विद्युतीय तार झोल्लिन गई छुन खोज्दा तेल ट्याङकरका सहचालक यादवले सो तारलाई पन्छाउने क्रममा अचानक करेन्ट लागी गम्भीर घाइते भएका थिए ।
घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।