logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बसले ठक्कर दिँदा मोटरसाइकलमा आगो लाग्दा जलेर दुई जनाको ज्यान गयो


  • राजनीति
  • आइतबार, असार ८ २०७६

पोखरा – रुपन्देहीको सैनामैनामा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–६, कलोनीमा गएराति महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख इन्स्पेक्टर रवीनराज मैनालीले जानकारी दिए ।

कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार