पोखरा- पोखरा महानगरपालिकाले गत वर्ष नीति तथा कार्यक्रममा ‘महानगरमा गौरवका योजना’ भन्दै महत्वाकांक्षी योजनाहरु अघि सार्यो । एक वर्षपछि मंगलबार आर्थिक वर्ष २०७६/७६ को नीति तथा कार्यक्रम ल्याउँदा केही गौरव योजनाले निरन्तरता पायो भने केही हटाइएको छ ।बिकास रोक्का मगरले अनलाइन खबरमा लेखेका छन।
महानगरले गत वर्ष चालु आवमा फेवादेखि बेगनास तालसम्म मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएको थियो । यो वर्ष मोनोरेल हराएको छ । मोनोरेलसँगै टुरिस्ट बसपार्क र पोखरा चक्रपथ गुरुयोजना पनि समावेश भएन ।
गौरव योजना नै किन नीति तथा कार्यक्रममा परेनन् त ? महानगर प्रमुख मानबहादुर जिसी भन्छन्, ‘मोनोरेल सम्भाव्यता प्रदेशले गर्छु भनेको छ । त्यसो हुँदा हामीले सक्ने काम मात्रै नीति तथा कार्यक्रममा समावेश गरेका छौं ।’
महानगर गौरव योजना घोषित अधिकांश परियोजनाहरुमा काम नै सुरु भएको छैन । तर, विजुलीको तार अण्डरग्राउण्ड गर्ने लगायतका केहीले भने आव ०७६७७ को नीति तथा कार्यक्रममा निरन्तरता पाएको छ । ‘पोलका तारजाली अन्डरग्राउन्ड गर्न आवश्यक बजेट विनियोजन गरेको छु,’ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार पाँचौ नगरसभामा बजेट वक्तव्यमार्फत भनिन् ।