पोखरा- सल्यानको कुपिण्डे तालमा तीन दिनदेखि डुबेर बेपत्ता एक व्यक्ति अझै फेला परेका छैनन्।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका-८, का ३६ वर्षीय गोकुल बुढा पौडी खेल्ने क्रममा गत सोमबार साँझ डुबेर बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार उनीसँगै पौडी खेलेका अररू तीन जना तालबाट निस्के पनि उनी भने डुबेर बेपत्ता भएका थिए।
घटनाकै दिनदेखि खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। आज (बुधबार) पनि स्थानीय र प्रहरीको टोली उनको खोजीमा जुट्ने जनाइएको छ।
करिब ३३ मिटर गहिरो कुपिण्डे ताल भौगालिक रूपमा अप्ठेरो भएकाले पौडी खेल्न जोखिमपूर्ण रहेको स्थानीय बताउँछन्।