logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आज हुने भनिएको एसईईको नतिजा प्राविधिक कारण सर्यो, भोली बिहिबार प्रकाशित हुने


  • राजनीति
  • बुधबार, असार ११ २०७६

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक हुने भनिए पनि बिहीबार (भोलि) मात्र प्रकाशित गर्ने भएको छ ।

केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बोर्डले जनाअेको छ ।

भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बोर्डको भनाई छ ।

बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पुरा गरेर नतिजा आउने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार