logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियारको ७ दिने सूचना (नामावलीसहित)


  • राजनीति
  • बुधबार, असार ११ २०७६

पोखरा- बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि सुचना र पत्र जारी गर्दै बोलाएको छ ।

नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ७ दिनभित्र बयानका लागि उपस्थित हुन बुधबार अख्तियारले ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६ औँ नम्बरमा मोहन महर्जन रहेका छन् । तर, यसअघि यो प्रकरणमा मुछिएका डा। शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम अख्तियारले जारी गरेको सूचीमा छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइनेछ ।

अख्तियारका अनुसार फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ ।

हेर्नुहोस् बयानका लागि बोलाइएकोहरुको नामावली :-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार