logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राती धादिङको खरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

राजधानी देखी नजिकै पर्ने जिल्ला धादिङको खरीक्षेत्राई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो।

गोरखा भूकम्पपछि गोरखा, धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै परकम्प गएका छन्। हालसम्म ४ म्याग्निच्यूडमाथिका परकम्पको संख्या करिब ५ सय हाराहारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार