logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको देवघाट स्थित कालीगण्डकी नदीले दुई युवकलाई बगायो “एकको उद्दार एक वेपत्ता”


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

पोखरा- काठमाडौंका एक युवक पौडी खेल्ने क्रममा तनहुँको देवघाट गाउँपालिका-५ स्थित कालीगण्डकी नदीले बगाउँदा बेपत्ता भएका छन्।

काठमाडौं वनस्थलीका २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन् ।

घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका-११ बसेनीका २३ वर्षीय शिवहरि सुवेदीलाई भने प्रहरीले जीवितै उद्धार गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सुवेदी र घिमिरे नाताले मामा भान्जा हुन्।

नदीले बगाएको अवस्थामा हारगुहार गर्दा सुवेदीलाई स्थानीयवासीले उद्धार गरेका थिए भने घिमिरे भने हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

जीवितै उद्धार गरिएका सुवेदीको अवस्था सामान्य रहेको र बेपत्ता घिमिरेको भने खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार