logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कर्मचारी र कार्यालय प्रमुखबीच कुटाकुट,सात कर्मचारी पक्राउ


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

पोखरा- यार्सागुम्बा संकलनको राजश्व जम्मा गर्ने विषयमा डोल्पामा कर्मचारी र कार्यालय प्रमुखबीच कुटाकुट भएको समाचार सार्वजनिक भएको छ। कुटाकुट नै भए पछी पक्राउ परेका सात कर्मचारी पाँच दिनदेखि थुनामा रहेका छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुटा हुँदा सात कर्मचारी पक्राउ परेका थिए।

पोष्टबाट आएका कर्मचारीले बैँकमा जम्मा गर्न अनुमति मागेको र प्रमुख यादवले पूरै हिसाब गरेर मात्रै जम्मा गर्न भनेपछि बिबाद बढेको थियो।

पोष्टको टोलीले झण्डै ७० लाख राजश्व बैंकमा जम्मा गरेको विषयलाई लिएर साँझ मदिरा सेवन गरेर निमित्त संरक्षण अधिकृत यादव, सहायक संरक्षण अधिकृत गोपाल खनाल र रेन्जर छत्र खड्गामाथि आक्रमण भएको थियो।

हाकिम र कर्मचारीबीच झगडा हुँदा खरिदार देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी र प्रकाश बुढा पाँच दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका छन्। यता थुनामा रहेका कर्मचारी भने आफूले हातपात नगरेको तर यार्सा संकलबाट राजश्व लिँदाको दुःखबारे जानकारी गराउँदै गर्दा उल्टै हातपात भएको बताउँछन्।

याता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने घटना घटेको एक साता बित्न लाग्दा समेत गुपचुपमा राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार