logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा नेता वामदेव गौतमले कांग्रेस मुख्यालय सानेपामा वृक्षारोपण गरेपछी


  • राजनीति
  • शनिबार, असार १४ २०७६

पोखरा- विपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपा क्षेत्रमा पूर्व उपप्रधानमन्त्री, नेकपाका सचिवालय सदस्य वामदेव गौतमले वृक्षारोपण गरेका छन् ।

किसान महासंघको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर नेता गौतमले सानेपा क्षेत्रमा वृक्षारोपण गरेका हुन् ।

सबैको लागि रुख र हावा अपरिहार्य रहेको नेता गौतमले बताए । ‘आजभोलि दिनानुदिन रुखहरू काटिँदै गएका छन् । अझ शहरी क्षेत्रमा त रुख विरुवा देख्नै पाइँदैन,’ आफ्नो घर वरपर विरुवा रोप्न आग्रह गर्दै गौतमले भने ।

‘सरकारले वृक्षारोपण गर्न आह्वान गरेको छ । वृक्षारोपणले मानव स्वास्थ्यमा पनि राम्रो गर्छ, त्यसैले यहाँ आएको हुँ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार