logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सामुदायिक वनमा बिहान हात्ती मृत फेला


  • रासस
  • शनिबार, असार १४ २०७६

झापा – झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ ।

यो अवधीमा हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार