logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रीमानको कुटाईबाट बर्दियामा एक महिलाको मृत्यु


  • राजनीति
  • आइतबार, असार १५ २०७६

पोखरा- श्रीमानको कुटाईबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका–९ निवासी आफ्नै श्रीमती ४५ वर्षीया दिलमाया देसुवा मगरलाई ४८ वर्षीय केशरबहादुर देसुवा मगरले कुटपिट गर्दा मृत्यु भएको हो ।

श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

केशरबहादुरलाई तत्काल नियन्त्रणमा लिइ कर्तब्यज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको भारतीले जानकारी दिए । उनलाई बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार