logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा सडकमै रोपाईं


  • राजनीति
  • आइतबार, असार १५ २०७६

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्थानीयले सडकमै रोपाईं गरेका छन् ।

आक्रोशित स्थानीयले बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै सडकमै धान रोपेका हुन् ।

भद्रपुर रोडका स्थानीय सन्तोष अग्रवालको घर अगाडि स्थानीयले सडक मर्मतमा प्रशासनको उदाशीनतालाई व्यंग्य गर्दै धान रोपिएको जनाइएको छ ।

धान रोपेपछि सडकमै उनीहरुले दही चिउरा पनि खाएका छन् । तर, बिर्तामोड नगरपालिकाले भने मुक्ति चोकदेखि सैनिक मोडसम्म ४ लेन र बाँकी दुई लेनको बाटो बनाउने गरी ठेक्का प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार