logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पोखराको लेकसाइडमा युवकको ढुङगा प्रहारबाट बिदेशी नागरिक घाइते


  • राजनीति
  • आइतबार, असार १५ २०७६

पोखरा- एक युवकको ढुङगा प्रहारबाट पोखराको लेकसाइडमा बिदेशी नागरिक घाइते भएकी छन्।

अन्नपुर्ण गाँउपालिका- १० घान्द्रुकका २० बर्षीय जनम परियार नाम गरेका युवाले ढुङगाले हानेको प्रहरीले जनाएको छ । शनिबार लेकसाइडको खहरे स्थित एक क्याफेमा जुस खान बसेकी जर्मनी नागरिक २७ बर्षिया अन्ना हेक्की ढुङगा प्रहारबाट घाइते भएकी हुन।

ढुङगा प्रहारबाट घाइते भएकी हेक्कीको मेट्रोसिटि अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार परियारले मादक पदार्थ सेवन गरि हेक्कीलाई ढुङगाले हानेका हुन् । परियारलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार