logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सेती नदीमा बगेर एक बेपत्ता


  • राजनीति
  • सोमबार, असार १६ २०७६

डोटी- सेती नदीमा नुहाउने क्रममा आज दिउँसो बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ७ बस्ने ४० वर्षीय चक्र कुञ्जेडा रहेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित सेती नदीमा आफन्तको मलामी आएका बेलामा नदीमा नुहाउने क्रममा कुञ्जेडा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख कमलापती पन्तले जानकारी दिनुभयो । अहिले

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएको तथा धमिलो पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत जेठ महीनादेखि अहिलेसम्म उक्त नदीमा बगेर पाँच जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार