logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृह मन्त्रालयको नक्कली सहिछाप गरी १ अरब ८ करोडको सिफारिस


  • राजनीति
  • मंगलबार, असार १७ २०७६

मानिसहरु शिघ्र सम्पन्नशाली र पावरवाल बन्नका लागी बिभिन्न खाले अबैध धन्दा गर्ने गर्दछन । यस्तै क्रममा गृह प्रवक्ताको नाम र गृहमन्त्रायको लेटरप्याड किर्ते गरी ठग्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले सिंदरबार दक्षिण गेटबाट किर्ते गरेको आरोपमा काभ्रेकी लक्ष्मी अधिकारीलाई नियन्त्रणमा लिएको हो । उनले गृहमन्त्रालयको लेटरप्याड छाप, गृहसचिवको नाम र सही समेत किर्ते गरेको प्रहरीले लगाएको छ ।

अधिकारीले आफ्ना बाबु बहराइनमा काम गर्ने र नेपाल आउने क्रममा सुन बढी ल्याएकाले जेल चलान भएका र उनको उपचारको क्रममा मृत्यु भएकोले बहराइनबाट क्षतिपूर्तिबापत ९५ करोड रकम र बाबुले जग्गा बेचेको गरी १ अर्ब ८ करोड रकम गृहमन्त्रालयमा प्राप्त भएको भन्ने बेहोराको पत्र समेत प्रवक्ताको नामबाट बनाएको प्रहरीको आरोप छ ।

उक्त रकम रोशी गाउँपालिका ७ का वडाअध्यक्षलाई दिनु भन्ने अर्को पत्र समेत बनाई घरपट्टि दामोदर गौतमलाई समेत प्रभावमा पारिएको प्रहरीको आरोप छ । सो क्रममा उनले ५ जनालाई गृहबाट अमेरिका पठाउने र भिषा समेत आएको अर्को पत्र बनाई २५ लाखभन्दा बढी ठगी गरेको देखिएको प्रहरीको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार