logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बेलचौताराबाट पोखरा आउँदै गर्दा विजुलीको पोलमा मोटरसाइकल ठोकिन्न पुग्दा भण्डारीको मृत्यु


  • राजनीति
  • बुधबार, असार १८ २०७६

पोखरा – बेलचौताराबाट पोखरा आउँदै गर्दा चाउथेमा रहेको विजुलीको पोलमा मोटरसाइकल ठोकिन्न पुग्दा एक जनाको मृत्यु भएको छ । चालक चाउथेका २४ बर्षिय राजेश भण्डारीको मध्य राती विजुलीको पोलमा ठोकिँदा मृत्यु भएको हो।

मध्यराति १२ बजेर ५ मिनेट जाँदा ग १४ प ६५६५ नम्बरको मोटरसाइकल पोलमा ठोकिन्न पुग्दा चालकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता रजकुमार केसीले बताए । दुर्घटनामा गम्भीर चोट लागेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।

अविवाहित राजेशको बुबा विदेशमा छन् । उनले चाउथे चोकमै आर।एन।बि मोबाइल एण्ड इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार