logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

इपिएस भाषा पास हुनेलाई दुखको खबर,आधा मात्र कोरिया जान पाउने


  • राजनीति
  • बिहिबार, असार १९ २०७६

पोखरा- वैदेशिक रोजगारिको लागि दक्षिण कोरिया जान भाषा परिक्षामा पास हुने मध्य आधा मात्र जान पाउने भएका छन्।

यो वर्ष परिक्षामा पास भएका १२ हजार ९ जना मध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

‘यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने त्याहाको मानव शसाधन केन्द्रले हामीलाई जानकारी दिएको छ,’ उनले सेतोपाटीसगँ भने
उत्पादन मूलक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि मूलक क्षेत्रमा २ हजार ८ सय ७६ जानाले नाम निकालेका थिए।

४ देखि १८ गतेसम्म सिप परिक्षाले दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए।

सिप परिक्षाको लागि असार २० देखि २९ गते सम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने इपिएस शाखाले जनाएको छ। पछिल्लो समय दक्षिण कोरियाले विदेशी कामदारको लागि भाषा सगैँ सिपमा पनि जोड दिदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार