logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रेमिकासँग गोङ्गबुको गेष्टहाउसमा रात बिताएका प्रेमी मृत भेटिए


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

गत मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

डीएसपी प्रसाईंको अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार